धादिङ । जिल्ला अदालतमा सबैभन्दा धेरै पारिवारिक विवादका मुद्दा दर्ता भएको छ । उक्त विवादका ६३६ मध्ये ३६३ थान मुद्दा फर्छ्योट गरिएको छ ।
आर्थिक वर्ष २०७७÷७८ को अन्त्यसम्म सम्बन्ध विच्छेदका ४२८ मुद्दामध्ये २८५ , अंशबण्डाका १७२ मध्ये ७०, सम्पत्ति सम्बन्धी १६२ मध्ये ७२, बालबालिकासम्बन्धी ४१ मध्ये १७ र विवाहसम्बन्धी २० मध्ये दुईवटा मुद्दा फर्छ्योट भएको छ ।
मुद्दाका प्रकृतिअनुसार फर्छ्योट गर्ने गरिएको र तीमध्ये पारिवारिक विवादका मुद्दा धेरै रहेको स्रेस्तेदार खुमप्रसाद भण्डारीले बताए । जिम्मेवारी सरी आएका र नयाँ गरी एक हजार ४५१ थान मुद्दामध्ये ६९६ फर्छ्योट भएको ७५५ थान फर्छ्योट गर्न बाँकी रहेको उनको भनाइ थियो ।
आर्थिक वर्ष ०७५÷७६ मा ७२४, ०७६÷७७ मा ९५३ र ०७७÷७८ मा एक हजार ४५१ थान मुद्दा दर्ता भएकाले तीन वर्षयता मुद्दा दायर गर्ने क्रम बढ्दै गएको देखिएको छ । दुई वर्ष नाघेका ८२ थान मुद्दा बाँकी रहेको र २०५२ सालदेखिका २८ थान मुद्दा मुल्तबीमा रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया