मेरो सेयरमा नयाँ फिचर : आफैँ पासवर्ड बदल्न मिल्ने

लोकपथ
13
Shares

काठमाडौं । आज शुक्रबारदेखि सीडीएससीले मेरो सेयरमा नयाँ फिचर थप गरेको छ । मेरो सेयरको वेबसाइटमा अरु सामाजिक सञ्जालमा जस्तै पासवर्ड परिवर्तन गर्न मिल्ने फिचर थप गरेको छ।

यो फिचर थप गरेसँगै सर्वसाधारणले अब आफैँ पासवर्ड परिवर्तन गर्न सक्नेछन्।
कोही कसैले मेरो सेयरको पासवर्ड बिर्सिएको भए फरगेट पासवर्डमा गएर किल्क गर्न सक्नेछन्।

उक्त फिचरमा क्लिक गरेसँगै प्रयाेगकर्ताले आफ्नो निक्षेप सदस्यको नाम दाखिला गर्नुपर्नेछ। साथै आफ्नो युजर नेम र जन्ममिति दाखिला गरेपछि पासवर्ड परिवर्तन हुनेछ। परिवर्तित पासवर्ड सिस्टमले नै इमेलमा पठाउनेछ।

इमेलमा आएको पासवर्ड प्रयोग गरी खाता चलाउन सक्ने सीडीएससीले जानकारी दिएको छ।

यसअघि भने पासवर्ड बिर्सिँदा सर्वसाधारणले निक्षेप सदस्यहरूलाई नै भन्नु पर्ने स्थिति रहेको थियो। जसले गर्दा समय लाग्ने गरेको थियो।

तर अब सर्वसाधारणले नै पासवर्ड परिवर्तन गर्न सक्ने भएपछि सर्वसाधारणको समय समेत बचत हुने सीडीएससीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?