कक्षा ११ र १२ का विद्यार्थीहरुलाई आजदेखि खोप लगाउन सुरु

लोकपथ
91
Shares

काठमाडौं । सरकारले विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन सुरु गरेको छ ।

काठमाडौंमा कक्षा ११ र १२ कक्षाका विद्यार्थी तथा विश्वविद्यालय तहको प्रवेश परीक्षा लिएका विद्यार्थीलाई भेरोसेलको पहिलो मात्राको खोप लगाउन सुरु गरिएको हो ।

काठमाडौं महानगरपालिकाले आज भोलि र भदौ ८ गते बिहान १० देखि ५ जेसम्म तोकिएको वडाका खोप केन्द्र तथा अस्पतालबाट खोप लगाउन सुरु भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?