माधव नेपाल नेतृत्वको पार्टीको नाम संशोधन : एमाले हटाउँदै ‘नेकपा एकिकृत समाजवादी’

लोकपथ
574
Shares

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको दलको नाम परिवर्तन भएको छ ।

आज बसेको नेपाल पक्षको बैठकले यसअघि प्रस्ताव गरिएको नाम परिवर्तन गर्दै नेकपा एकिकृत समाजवादी राख्ने निर्णय गरेको हो । त्यससँगै आज नै नेपाल पक्षका सांसदहरु निर्वाचन आयोग पुगेर उक्त नाम संशोधन गरेका हुन् ।

यसअघि नेपालको नेतृत्वमा दर्ता हुन लागेको पार्टीको नाम नेकपा एमाले समाजवादी प्रस्ताव भएको थियो ।

तर उक्त नाममा यसअघिनै राजनीतिक दल दर्ता भइसकेको भन्दै निर्वाचन आयोगले नाम परिवर्तनका लागि सुझाव दिएको हो ।
सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै नयाँ दल दर्ताको लागि बुधबार आयोग नेपालसहितका नेताहरु आयोग पुगेका थिए । तर प्रस्ताव गरिएको चुनाव चिह्न समेत विवादमा परेपछि नाम र चुनाव चिह्न परिवर्तनका लागि सुझाव दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?