ओडेगार्ड रियल मड्रिडबाट आर्सनलमा आबद्ध

काठमाडौं। इंग्लिश क्लब आर्सनलले नर्वेजियन युवा स्टार मार्टिन ओडेगार्डलाई स्पेनिश क्लब रियल मड्रिडबाट ३० मिलियन पाउण्डमा अनुबन्ध गरेको छ।

गत सिजनको दोस्रो हाफ आर्सनलमा लोनमा आबद्ध भएका ओडेगार्डसँग यस पटक भने आर्सनलले चार वर्षको सम्झौता गरेको छ। गत सिजन समाप्त भएसँगै रियल फर्केका ओडेगार्डले प्रि-सिजन रियलमै बिताएका थिए।

तर ला-लिगको नयाँ सिजनको सुरुवाती खेलमा उनी रियलको टोलीमा सम्मिलित भने थिएनन्। सन् २०१५ मा रियल मड्रिडमा आबद्ध भएका ओडेगार्डले करियरको धेरै समय लोनमा बिताए। छ वर्षको समयमा रियलको लागि मात्र ८ लिग खेल खेलेका ओडेगार्डले यस पटक भने स्थायी रूपमा मड्रिड छाडेका छन्।

आर्सनलले शुक्रवार २२ वर्षीय ओडेगार्डलाई अनुबन्ध गरेको औपचारिक जानकारी दिएको छ। आफ्नो वेबसाइट मार्फत उसले ओडेगार्ड क्लबमा अनुबन्धित भएको र आईतवार चेल्सी विरुद्धको प्रिमियर लिग खेलमा पनि शामिल हुन सक्ने जानकारी दिएको छ।

Martin Ødegaard Confirms Return to Real Madrid - Managing Madrid

गत सिजनको दोस्रो हाफ लोनमा आर्सनलसँग बिताएका ओडेगार्डले जम्मा २० खेल खेलेका थिए। त्यसमध्ये १४ खेलमा प्रिमियर लिगको अनुभव बटुलेका ओडेगार्डले १ गोल तथा २ असिस्टको योगदान पनि दिएका थिए।

आर्सनलले यस सरुवा बजारमा अनुबन्ध गरेको ओडेगार्ड चौथो खेलाडी हो। यसअघि आर्सनलले नुनो ताभेरेस, अल्बर्ट लोकोंगा र बेन वाइटलाई भित्र्याइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?