एमाले समाजवादी र जसपा लोकतान्त्रिकको नाम राख्न नमिल्ने, दुवै पक्षका नेताहरु छलफलमा

लोकपथ
182
Shares

काठमाडौं । राजीतिक दल सम्बन्धी अध्यादेश जारी भएसँगै माधवकुमार नेपाल र महन्थ ठाकुर नयाँ दल दर्ताको तयारीमा रहेका छन् ।

नेता नेपालले एमालेबाट छुट्टिएर एमाले समाजवादी नाम प्रस्ताव गरेका छन् । यता महन्थले भने जनता समाजवादी पार्टीबाट छुट्टिएर जसपा लोकतान्त्रिक नाम जुराएका छन् । दुवै दल निर्वाचन आयोगमा दर्ताका लागि नेताहरु पुगेपनि आयोगले सो नाम राख्न नमिल्ने भन्दै नयाँ नामका लागि आग्रह गरेको छ ।

आयोगमा दुवै दलको नाम र चुनाव चिह्नसँग मेल खाने अरु नै दल दर्ता भइसकेकाले दुवै दल दर्ता गर्न नमिल्ने मौखिक रुपमा जानकारी गराइसकेको स्रोतले जनाएको छ ।

बुधबार सरकारको सिफारिसमा राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेसँगै सोही दिन दुवै पक्ष दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

निर्वाचन आयोगले प्रस्ताव गरिएका दुवै नाम राख्न नमिल्ने भनेसँगै दुवै दलका नेता नाम जुराउन छलफलमा जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?