नेपाल संस्कृत विश्वविद्यालयको कार्यवाहक अध्यक्षमा डा. न्यौपाने

लोकपथ
63
Shares

काठमाडौं । नेपाल राष्ट्रिय प्राध्यापक संगठनको नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय समितिको कार्यवाहक अध्यक्षमा डा. प्रेमराज न्यौपानेले जिम्मेवारी पाएका छन् ।

वर्तमान अध्यक्ष डा. जर्मन चौधरी नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रको निर्देशक भएपछि उक्त जिम्मेवारी न्यौपानेलाई दिइएको हो ।

संगठनात्मक गतिविधिलाई निरन्तरता दिन डा न्यौपाने सक्षम भएकाले जिम्मेवारी दिएको अध्यक्ष चौधरीले बताए ।

कोरोना कालको असहज परिस्थितिमा जिम्मेवारी प्राप्त भएकाले पेशागत हकहितका लागि विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, पदाधिकारी, विद्यार्थीहरु र मित्र संगठनहरूसँग समन्वय गर्दै प्राज्ञिक उन्नयन र सक्दो सांगठानिक दायित्व पुरा गर्ने कार्यवाहक अध्यक्ष न्यौपानेले बताए ।

साथै शैक्षिक उन्नयनमा समतामूलक सहभागितालाई सुनिश्चितता गराउनु नै आफ्नो प्राथमिकता रहेको न्यौपानेको भनाइ छ ।

विश्वविद्यालयका सबै इकाईहरूमा सम्मेलन गराउने र विश्वविद्यालय केन्द्रीय समितिको समेत सम्मेलन गर्ने काममा यस समितिले तत्काल काम कार्य सम्पादन बढाउने कुरामा आफू विश्वस्त रहेको अध्यक्ष चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?