शंकर पोखरेलको गृह जिल्लामा एमाले समाजवादीको बाहुल्यता

लोकपथ
910
Shares

लुम्बिनी । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा स्थायी कमिटि सदस्य शंकर पोखरेलको गृह जिल्ला दाङमा एमाले (समाजवादी) पार्टीको पक्षमा बहुमत देखिएको छ ।

जिल्लामा नेकपा एमाले एउटै छँदा रहेका चार पदाधिकारी मध्ये तीन जना माधव कुमार नेपालले नेतृत्व गरेको एमाले समाजवादीका पक्षधर रहेको एमालेका पूर्व जिल्ला अध्यक्ष लक्ष्मण आचार्यले दाबी गरे ।

जिल्ला कमिटी अध्यक्ष टीकाराम खड्का, सचिव तथा दाङको निर्वाचन क्षेत्र नं। ३ बाट निर्वाचित हिराचन्द्र केसी, सहसचिव सुरामणि बेलबासे नेपाल समुहमा रहेको उनले बताए ।

‘पदाधिकारी मध्य जिल्ला उपाध्यक्ष हुकुमबहादुर बस्नेत मात्रै नेकपा एमालेको पक्षमा हुनुहुनन्छ,’ केसीले भने ‘ बाँकी सबै हाम्रो पक्षमा आउनु भएको छ ।’

बस्नेत हाल पार्टी अध्यक्ष केपी शर्मा ओली समुहको दाङ जिल्ला अध्यक्ष बनाइएका छन् ।

त्यस्तै ३२ जनाको सचिवालय सदस्यमा झन्डै २२ जना जति एमाले समाजवादीको आफ्नो पक्ष रहेको केसीले दाबी गरे ।

एमाले जिल्ला कमिटीका ८४ जना सदस्य मध्य यो बीचमा एक जनाको निधन भएको र त्यसमध्य झन्डै ४५ जना भन्दा माथि एमाले समाजबादीको पक्षमा गोलबद्ध रहेको सचिवालय सदस्य नेता पदम केसीले बताए ।

त्यस्तै पूर्व एमाले अध्यक्षहरु लक्ष्मण आचार्य र जोगबहादुर रानापनि नेपाल समुहकै नेता हुन्।

त्यस्तै एमाले दाङका संस्थापक नेताहरु नारायण आचार्य, तिलक केसी, मेघबहादुर बिसी, तिलक डाँगी, दामोदर अधिकारी, ऋषिराम आचार्य लगाएतका नेताहरु समाजबादीमा गोलबद्ध रहेको नेता केसीले दाबी गरे ।

संघमा नेपाल र प्रदेशमा ओली समुह दाङको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित एमाले केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज मेटमणि चौधरीपनि एमाले (समाजवादी) मै छन् ।

दाङका तीन संघीय निर्वाचन क्षेत्र मध्य २ नम्बरबाट माओबादीका कृष्णबहादुर महराले निर्वाचन जितेका थिए । निर्वाचन क्षेत्र नं। ३ का संघीय सांसद हिराचन्द्र केसीपनि नेपाल पक्षधर हुन्।

तर, प्रदेशमा भने एमाले समाजवादीको पक्षधर एक जनापनि छैनन् । दाङको निर्वाचन क्षेत्र नं।२ कबाट लुम्बिनीका पूर्व मुख्यमन्त्री शंकर पोखरेल निर्वाचित भएका थिए ।

२ ९ख० मा एमालेबाट निर्वाचित अमरबहादुर डाँगीले सांसद पदबाट राजीनामा दिइ सकेका छन् । हाल उनी लुम्बिनीका मुख्यमन्त्री कुलप्रशाद केसी (सोनाम) को प्रमुख राजीनितक सल्लाहकार नियुक्त गरिएका छन् । तर, डाँगीपनि एमाले (समाजवादी) पक्षधर नै हुन ।

दाङको निर्वाचन क्षेत्र नं। १ ९ख० बाट निर्वाचित रेवतिरमण शर्मा र समानुपातिक सांसदहरु सरस्वती गौतम र धमकली चौधरीपनि एमाले अध्यक्ष ओलीको समुहमा छिन् ।

पछिल्लो उपनिर्वाचनमा समय नेकपाको तर्फबाट निर्वाचन क्षेत्र नं।३ ९ख०बाट निर्वाचित बिमला ओली खत्रीले नेकपा माओबादी केन्द्र रोजेकी छन् ।

पार्टी अध्यक्ष ओली समुहका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले केही मानिसहरु चोइटिएर गएपनि त्यसले दाङको एमालेलाई असर नगर्ने दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?