कन्फरेन्स कपको छनोट खेलमा टोटनह्याम पाकोससँग पराजित

काठमाडौं। युरोपा कन्फरेन्स लिगको छनोट खेलअन्तर्गत पोर्चुगिज क्लब पाकोस डे फेरेराले इंग्लिश क्लब टोटनह्याम हटस्परलाई पहिलो लेगको खेलमा १-० गोलले पराजित गरेको छ।

युईएफएले यसै वर्षदेखि सञ्चालन गरेको तेस्रो श्रेणीको लिगको छनोट खेलमा बलियो क्लब टोटनह्यामले खराब प्रदर्शन गरेको छ। च्याम्पियन्स लिग तथा युरोपा लिगमा पर्न नसकेका क्लबहरुलाई सम्मिलित गरी आयोजना गरिएको कन्फरेन्स लिगको छनोट खेलको पहिलो लेगमा पाकोसले घरेलु मैदानमा जित दर्ता गरेको छ।

Pacos de Ferreira 1-0 Tottenham: Spurs lose in Portugal to leave Europa Conference League spot in the balance | Evening Standard

गत साता इंग्लिश प्रिमियर लिगको सुरुवाती खेलमा साविक विजेता म्यानचेस्टर सिटीलाई पराजित गरेको टोटनह्यामको टोलीका खेलाडीहरु गएरातिको खेलमा सम्मिलित थिएनन्। यद्यपि क्लबले आबद्ध गरेको नयाँ खेलाडी ब्रायन गिल, क्रिस्टियन रोमेरो तथा गोलरक्षक गोलिनीसहित ह्यारी विंक्स, लो सेल्सो, सेसेन्यन, डोहेर्टी र बेन डेभिसलाई लिएर मैदान प्रवेश गरेको टोटनह्यामले अप्रत्याशित हार बेहोरेको छ।

पहिलो हाफको ४५औं मिनेटमा नुनो सान्टोसको पासमा लुकास सिल्भाले गोल गर्दै पाकोसलाई अग्रता दिलाएका थिए। त्यसपछि टोटनह्यामले खेलमा बराबरी गोल गर्न नसक्दा पहिलो लेगको खेल घरेलु टोलीले जितेको हो। यी दुईबीच दोस्रो लेगको खेल अगस्ट २७ मा टोटनह्यामको घरेलु मैदानमा हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?