काठमाडौं । तलवभत्ता, पेन्सन तथा सेवा सुविधामा समानताको माग गर्दै बेलायती प्रधानमन्त्री कार्यालयअघि अनसन बसेका भुतपूर्व गोर्खाहरुले अनसन तोडेका छन् ।
विगत १३ दिनदेखि ज्ञानराज राई, पुष्पा घले र धन गुरुङ आमरण अनसन बसेका थिए । भुपू गोर्खाहरुको माग सम्बोधनका लागि बेलायत सरकारले एक महिनाभित्रमा नेपाल सरकारसँग वार्ता गर्ने प्रतिवद्धता गरेपछि अनसन तोडिएको हो ।
बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, उपनियोग प्रमुख रोशन खनाल तथा बेलायत सरकारका रक्षामन्त्री लियो डोचर्टीको उपस्थितीमा अनसनकारीले जुस पिएर अनसन तोडेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया