रौतहट । अवैध भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।
सीमावर्ती इशानाथ नगरपालिका वडा नम्बर १ बंजरहा टोल लालबकैयाको बाँध नजिक चेकजाँचको क्रममा बा ३९ प १६९१ नम्बरको मोटरसाईकलमा सवार गौर नगरपालिका ४ टिकुलियाका ३० वर्षीय सुखाडी सहनी र गरुडा नगरपालिका १ जयनगरमा ३५ वर्षीय अनिल भन्ने बिकास साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण प्रसाद चिमोरियाले बताए ।
उनका अनुसार भारतबाट लुकाई छिपाई ल्याउँदै गरेको स्रोत नखुलेको रकमसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका दुबै जनालाई झण्डै दुई लाख भारतीय रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया