अर्थका सहसचिवको जिम्मेवारी हेरफेर

लोकपथ
91
Shares

काठमाडौं । अर्थ मन्त्रालयले केही सहसचिवहरुको जिम्मेवारी हेरफेर र पदस्थापन गरेको छ । मन्त्रालयले ६ जना सहसचिवको जिम्मेवारी हेरफेर तथा पदस्थापन गरेको हो ।

मन्त्रालयका अनुसार आन्तरिक राजस्व विभागको महानिर्देशक रहेका झक्कप्रसाद आचार्यलाई मन्त्रालयमा तानिएको छ । उनको स्थानमा शोभाकान्त पौडेललाई जिम्मेवारी दिइएको छ । यसैगरी मन्त्रालयको बजेट महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका सुमन दाहालको ठाउँमा लगानी बोर्डमा रहेका भूपाल बराललाई ल्याइएको छ ।

दाहाललाई आर्थिक नीति महाशाखामा पठाइएको छ । भन्सार विभागका महानिर्देशक यमलाल भुसाललाई मन्त्रालयमा तानेर उनको स्थानमा नारायणप्रसाद सापकोटालाई जिम्मेवारी दिइएको छ । आचार्य र भुसाललाई मन्त्रालयमा जगेडामा राखिएको छ । यसैगरी अर्थको प्रशासन प्रमुखको जिम्मेवारी केदारनाथ शर्मालाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?