काठमाडौं । दर्जनौं व्यक्तिलाई ठगी गरेको आरोप एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत हिमाञ्चल प्रदेश रामपुर गसेरा सिमला जिल्ला नोगली पञ्चायत घर भई हाल ललितपुर महालक्ष्मी– ५ ३९ वर्षीय शेर सिंह भन्ने रवि कुमार सिंह रहेका छन् ।
महानगरीय अपराध महाशाखाद्वारा खटिएको प्रहरी टोलीले सिंहलाई ललितपुर महालक्ष्मी–५ सेतीपाखाबाट पक्राउ गरेको हो ।
महाशाखाका अनुसार सिंहले काठमाडौंसहित तराईका विभिन्न जिल्लाबाट नक्कली पहिचान बनाई विभिन्न व्यक्तिबाट करोडौ रकम ठगी गरेका छन् । सिंहसँग जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट जारी भएको नागरिकता समेत महाशाखाले फेला पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया