काबुल विमानस्थलमा तालिबानले चलायो गोली (भिडियोसहित)

लोकपथ
1.2k
Shares

काठमाडौं । अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा तालिबानले गोली चलाएको छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार विमानस्थलमा भेला भएको भीडलाई तितरबितर पार्नका लागि तालिबान लडाकूहरूले बिहीवार गोली चलाएका हुन् ।

सयौं मानिस अझै पनि काबुलबाट उड्ने विमानमा चढ्न पाइन्छ कि आशा गरेर विमानस्थलमा भीड गरेर बसेका छन् ।

घटनाको भिडियो सार्वजनिक भएको छ । भिडियोमा लडाकूहरू चिच्याएको र गोलीको आवाज सुनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?