ओलीप्रति कटाक्ष गर्दै वामदेवले गरे एमाले समाजवादी पार्टीमा लाग्ने घोषणा

लोकपथ
3.1k
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीमा रहने घोषणा गरेका छन् ।

उपाध्यक्ष गौतमले आज पार्टी एकता अभियानको भर्चुअल बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

नेता गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीको साथमा लागेर अब केही गर्न नसकिने भन्दै नयाँ तरिकाबाट पार्टी एकतामा जोड दिने बताए ।

–‘ओलीको पक्षमा लागेर केही गर्न सकिदैन, अब हामीले विद्रोहबाट अर्कोपक्षभन्दा शक्ति आर्जन गरेर पार्टी एकतामा जोड दिन्छौं।’ नेता गौतमले भनेका छन् ।

बैठकलाई सम्बोधन गर्दै नेता गौतमले नेता नेपालसँग पार्टी एकताको जिम्मा दिन आग्रह गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?