काठमाडौं । गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी उत्कृष्ट कर्मचारीमा छनोट भएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको कर्मचारीको आन्तरिक मूल्यांकनको आधारमा पुडासैनी उत्कृष्ट कर्मचारी छनोट भएका हुन् ।
गत वर्षको कार्य मूल्यांकनको आधारमा कुल १०० मा ९२ अंक पुडासैनीले प्राप्त गरेका छन् । गत आर्थिक वर्षमा कुल १५ वटा योजनाको जिम्मा दिइएकोमा उनले ७ वटा योजना सम्पन्न गर्न सफल भएका थिए । भने बाँकीमध्ये ७ वटा योजनाको काम भइरहेको र एउटाको काम सुरु हुने चरणमा रहेको छ ।
त्यसैगरी उद्योग विभागका महानिर्देशक जिवलाल भुषालले ८९.६ अंक प्राप्त गर्दै दोस्रो भएका छन् । भुषाललाई गत आर्थिक वर्षमा दिइएको कुल २६ योजनामध्ये उनले २० वटा सम्पन्न गरेको छन् । भने बाँकीमध्ये ५ वटाको काम सम्पन्न हुने क्रममा र एउटाको काम सुरु नै नभएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी उद्योग विभागकै सहसचिव प्रकाश दाहालले ८७ अंकसहित तेस्रो, सहसचिव चन्द्रकला पौडेल ८५ अंकसहित चौथौँ भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया