काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ समाजवादको मोडल खोज्नुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् ।
बिहीबार समाजवादी केन्द्र, नेपालले आयोजना गरेको ‘एक्काइसाैँ शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तरक्रियामा बोल्दै नेता भट्टराईले क्षणिक पार्टीगत र चुनावी स्वार्थभन्दा माथि उठेर समाजवादी केन्द्र बनाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘फेरि नयाँ समाजवादको एउटा मोडल खोज्नेतिर देश गइरहेको छ । त्यो अबको आवश्यकता हो । वस्तुगत रुपमा त हो नै विषयगत रुपमा हामी हिच्किचाइरहेका छौँ । चुनाव चिह्न छोड्न हामीलाई गाह्रो । भोट जनताले त्यसैमा हाल्छ । त्यो छोड्यौँ भने भोट आउँदैन कि भन्ने डर छ हामीलाई । त्यसैले यसमा जुन अल्झिराखेका छौँ अब आँट गर्नैपर्छ ।’
उनले चुनावी स्वार्थभन्दा माथि उठेर विश्व मानव जाति र देशका जनताको हितलाई केन्द्रमा राखेर समाजवादको नयाँ नीति तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया