१७ माघ २०७९, मंगलवार

७ सय सेनालाई ७ लाखको सुरक्षा जिम्मेवारी

२०७४,आश्विन,२३,सोमवार ०२:३३

0
Shares

साउथ सुडान, २३ असोज- संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका लागि साउथ सुडानस्थित रुम्बेकमा खटिएका करिब ७ सय नेपाली सेनालाई ७ लाख जनताको सुरक्षा जिम्मेवारी परेको छ, आजको राजधानी दैनिकमा खबर छ ।विश्वको कान्छो मुलुक दक्षिण सुडानको राजनीतिक तनाव कम गर्ने उद्देश्यका साथ शान्ति मिसनका लागि खटिएको नेपाली सेनाले साउथ सुडानको रुम्बेकमा रहेको सो जनसंख्याको जिम्मेवारी वहन गरिरहेको छ । हाल रिपुमर्दन गणले सो जिम्मेवारी लिएको छ ।दुई दशकभन्दा लामो गृहयुद्धपछि पाँच वर्षअघि मात्र स्वतन्त्र भएको दक्षिण सुडानमा राजनीतिक तनाव जातीय युद्धमा परिणत भएपछि सो देश विश्वकै सबैभन्दा असुरक्षित देश बन्न पुगेको थियो । त्यही असुरक्षित सिंगो देशको सुरक्षा नेपाली सेनाको जिम्मामा छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२३,सोमवार ०२:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रोल्पा । रोल्पाका दुई स्थानीय तहबीच देखिँदै आएको सीमा विवाद समाधानको प्रयास थालिएको छ । रोल्पा नगरपालिका र माडी गाउँपालिकाबीच

काठमाडौं । सरकारले विगतमा तुइन रहेका अधिकांश स्थानमा झोलुङ्गे पुल निर्माण गरेको छ । स्थानीयस्तरमा अरू विभिन्न प्रयोजनका लागि बनाइएका

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–७ मा बसोबास गर्ने रोहितकुमार राइर्ले वयोवृद्ध भएपछि जग्गा धनी पुर्जा पाएकका छन् । मिक्लाजुङमै छ

भरतपुर । चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । उत्पादन लागत तथा उपभोग्य वस्तुको भाउ बढेको जनाउँदै किसानले

ताजा समाचार

सीमा विवाद समाधान गर्न समिति गठन
 २०७९,माघ,१७,मंगलवार १२:४४