प्रचण्ड भन्छन्– ‘अध्यादेशले लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्छ’

लोकपथ
377
Shares

काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा बताएका छन् ।

बिहीबार काठमडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यसअघि ओली सरकारले ल्याएको अध्यादेशले लोकतन्त्र मास्न ल्याएको समेत बताएका छन् ।

प्रचण्डले भने– ‘एउटा अध्यादेशको उदेश्य लोकतन्त्र सिध्याउनु, संविधान सिध्याउनु, गणतन्त्र सिध्याउनु थियो । अर्को अध्यादेशको उदेश्य लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नु छ । यी दुइटामा आकाश जमिनको फरक छ ।’

त्यस्तै उनले माधवकुमार नेपालले दर्ता गरेको नयाँ पार्टीका सदस्यहरुको सनाखत हुने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने विश्वास व्यक्त गरेका छन् ।

आज प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटघाटमा समेत सोही विषयमा कुराकानी भएको बताउँदै मन्त्रिपरिषद् छिट्टै विस्तार हुने विश्वास व्यक्त गरे ।

‘हिजोबाट नयाँ परिस्थिती बनेको छ । आज बिहान बसेको प्रधानमन्त्री ज्यू म र माधवकुमार नेपाल जी बीचको भेटघाटमा अब मन्त्रिपरिषद् बैठक विस्तार गर्न ढिलो गर्नु हुन्न भन्ने कुरा भएको छ । हिजो नयाँ दर्ता भएको दलको सनाखत हुने बित्तिकै मन्त्रिपरिषद् विस्तार गरिहाल्नुपर्छ भन्ने विषयमा छलफल भएको छ ।’

नेपाल पक्षको नयाँ दलको जति छिटो निर्वाचन आयोगमा सनाखत भएपछि तत्काल मन्त्रिपरिषद् विस्तार हुने बताए ।

प्रचण्डले भने– ‘जति छिटो सनाखत हुन्छ त्यति छिटो मन्त्रिपरिषद् विस्तार हुन्छ ।’

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेसँगै माधवकुमार नेपालले नयाँ दल दर्ता गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?