क्रियाशील सदस्यता विवाद समाधानको अन्तिम तयारीमा नेताहरु

लोकपथ
143
Shares

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि नेताहरुले छलफललाई तीव्रता दिएका छन् ।

बाँकी रहेका जिल्लाहरुमा क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधानका लागि जिम्मा पाएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखक विवाद समाधानका लागि छलफलमा जुटेका छन् ।

नेतात्रयले छलफललाई प्राथमिकता दिँदै आज पार्टीलाई प्रतिवेदन बुझाउने तयारी रहेको बताइएको छ ।

बाँकी रहेका क्रियाशील सदस्यता विवाद समाधानका लागि आज तीन नेताहरु बिहानैबाट छलफलमा जुटेका छन् । पुरानो मापदण्डले समाधान गर्न नसकेका विषय भएकाले नयाँ मापदण्ड बनाएर बाँकी समस्या समाधानको प्रयास भइरहेको स्रोतको दाबी रहेको छ । साथै आजै सबै कामहरु सकाउनेबारे छलफल भइरहेको स्रोतले जनाएको छ ।

गत साउन १२ गतेबाट वडा अधिवेशन तोकिए पनि क्रियाशील सदस्यता विवादका कारण रोकिएको थियो । भने आगामी भदौ १८ गतेबाट विधिवत् रुपमा वडा अधिवेशन सुरु गर्ने भनिएपनि अझै धेरै जिल्लाहरुमा क्रियाशील सदस्यता विवाद रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?