साओमीले आवाजबाट चार्जिङ गर्न सकिने प्रविधि ल्याउँदै

लोकपथ
143
Shares

काठमाडौं । नेपाललगायत अन्य मुलुकमा समेत लाकप्रियता कमाउन सफल साओमीले आवाजबाट नियन्त्रण गर्न सकिने नयाँ फास्ट चार्जिङ प्रविधिमा ल्याउने भएको छ । यसका लागि कम्पनीले गत महिना नै चाइना नेसनल इन्टेलेक्चुअल प्रोपर्टी एड्मिनिस्ट्रेसन (सीएनआईपीए) मा आफ्नो साउन्ड चार्जिङ प्रविधिका लागि पेटेन्ट दर्ता गराएको कम्पनीले जानकारी दिएको छ ।

यसैक्रममा कम्पनीले वाई-फाई जस्तै चार्जिङ प्रविधि बनाइरहेको पनि बताएको छ । जसमा ग्राहकले एकसाथ थुप्रै डिभाइस चार्ज गर्न सक्नेछन् ।

तर साओमी त्यसबाट एक कदम अगाडि बढेर साउन्ड चार्जिङ प्रविधि समेत ल्याउन अग्रसर भएको हो । यसमा प्रयोगकर्ताले अह्राएकै भरमा मोबाइल चार्ज हुन थाल्नेछ । आउँदो नयाँ वर्षमा साओमीले यो प्रविधि बजारमा ल्याउने बताइएको छ ।

साओमीको अपकमिङ साउन्ड चार्जिङ प्रविधिमा स्मार्टफोनलाई पावर सर्किटमा नलगाएरै चार्ज गर्न सकिनेछ । यो निकै आधुनिक किसिमको चार्जिङ प्रविधि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?