यौन व्यवसाय सञ्चालन गरेको अभियोगमा चार महिलासहित ७ जना पक्राउ

लोकपथ
3.8k
Shares

ललितपुर । ललितपुरमा यौन व्यवसाय सञ्चालन गरेको अभियोगमा चार महिलासहित ७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२८ ढल्कु बस्ने झापा दमक नगरपालिका–७ घर भएका ५० वर्षीय राजेश अग्रवाल, काठमाडौं महानगरपालिका-६ कुमारीगाल बस्ने रुकुम पेउघाट गाउँपालिका–८ घर भएकी २३ वर्षीया ललिता विक, काठमाडौं बुढानिलकण्ठ नारायणस्थान बस्ने बर्दिया ठाकुरबाबा नगरपालिका घर भएका २९ वर्षीय सुनिल बिष्ट, ललिपतुर ललितपुर महानगरपालिका–८ पाटन सुन्धारा बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ सानो पोखरा घर भएकी ४२ वर्षीया गिता खड्गी, काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने २४ वर्षीया क्रिष्टीना केसी, काठमाडौं काँडाघारी बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-३ बाह्रविसे घर भएकी २५ वर्षीया निर्मला न्यौपाने र काभ्रे पनौती नगरपालिका–७ घर भएका ३३ वर्षीय प्रतिक कर्माचार्य रहेका छन् ।

ललितपुर महानगरपालिका–३ कान्तिपुर हाइटस्थित अपार्टमेन्ट भाडामा लिई यौन व्यवसाय सञ्चालन गरेको अभियोगमा उनीहरुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उक्त अपार्टमेन्टमा अवैध रुपमा यौन व्यवसाय सञ्चालन गर्ने गरेको भन्ने सूचानको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्नहरुलाई पक्राउ गरेको हो ।

उनीहरुउपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?