सर्वोच्चमा राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध रिट दायर

लोकपथ
56
Shares

काठमाडौं । सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएका छन् । अधिवक्ता प्रवेश केसी लगायतले रिट दायर गरेका हुन् ।

अदालत स्रोतका अनुसार सर्वोच्चमा उक्त अध्यादेशविरुद्ध हालसम्म पाँचवटा रिट दायर भएका हुन्।

सरकारले ल्याएको सो अध्यादेशको सबैतिर विरोध भइरहँदा सोही अध्यादेश अनुसार नेकपा एमाले र जसपा नेपालको विभाजन प्रक्रिया सुरु भइसकेको छ ।

सरकारले मंगलबार राजनीतिक दल विभाजनको प्रावधानलाई खुकुलो तुल्याउने गरी अध्यादेश ल्याएको थियो भने राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार उक्त अध्यादेश प्रमाणीकरण गरेकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?