माधवकुमार नेपालले एमाले छोड्नु दुःखद : शंकर पोखरेल

लोकपथ
1.1k
Shares

काठमाडौं । एमाले छाडेर माधवकुमार नेपालले नयाँ दल दर्ता गरेसँगै यतिबेला विभिन्न कोणबाट त्यसको समिक्षा भइरहेको छ ।

यसैक्रममा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टीको तीन कार्यकाल सम्हालेका नेपालले एमाले छोड्नु दुखद रहेको बताए ।

पार्टी एकताका लागि गठित कार्यदलको बनाएको १० बुँदे सहमतीको बाटोबाट अघि बढ्न प्रतिवद्ध रहेको बताए ।

सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्–‘झण्डै तीन कार्यकाल पार्टीको नेतृत्व गर्नुभएका माधव कमरेडले सहमतीको वाटो छोडेर नयाँ पार्टी खोल्नु दुःखद पक्ष हो । कार्यदलले तयार गरेको १० वुँदे सहमतीको वाटोवाट अघि वढ्न पार्टी प्रतिवद्ध छ । ’

पार्टीलाई कमजोर पार्ने षडयन्त्रकाविरुद्ध नेता कार्यकर्ताहरु विचलित नभइकन अघि बढ्नु पार्टी पंक्तिको कर्तव्य रहेका बताए ।

विचार र सिद्धान्तबाट पार्टीको संगठनात्मक सुदृढिकरण बनाउन आग्रह गर्दै पुनस् एमालेलाई मुलुकको पहिलो पार्टी बनाउन लाग्नुपर्नेमा जोड दिएका छन् ।

‘पार्टीलाई कमजोर पार्ने षडयन्त्रका विरुद्ध विचलित नभइ अघि वढ्नु सिंगो पार्टी पंक्तिको कर्तव्य हो । विचार र सिद्धान्तले लैस पार्टीलाई संगठनात्मक रुपमा सुदृढ बनाउ, सबै प्रकारका षडयन्त्रलाई सामना गरेर पार्टीलाई मुलुककै नेतृत्वकारी शक्तिका रुपमा स्थापित बनाउ ।’– उनले भने ।
मंगलबार सरकारको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेसँगै नेता नेपालले नयाँ दल दर्ताका प्रक्रिया थालेका छन् । नेकपा एमाले समाजवादी नाम दिइएको नेता नेपालको पार्टीमा खुला किताब चुनाव चिह्न राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?