मौसमी ‘बाटुली’मा सासु बन्दै

लोकपथ
56
Shares

काठमाडौं । टेलिश्रृङ्खला ‘बाटुली’को प्रशारण आरम्भ भएको छ । यो टेलिश्रृङ्खला न्यूज नेपाल एचडी टेलिभिजनमा हरेक मंगलबार साँझ साढे ७ बजे प्रशारण हुनेछ । टेलिश्रृङ्खलामा नायिका मौसमी मल्लले अभिनय गरेकी छन् ।

यसको निर्माण आर्टिष्ट खबर मिडियाले गरेको हो । गोपिकृष्ण चापागाँई र नवराज अधिकारीको निर्देशनमा तयार गरेका हुन् ।

यो श्रृङ्खलामा मोबाइल युग भन्दा अघि नेपाली गाउँसमाजमा सासु र बुहारी बिच हुने बिभेदलाई टेलिश्रृंखलामा देखाउन खोजिएको निर्देशक गोपिकृष्णले जानकारी दिएका छन् । टेलिश्रृंखलाको कथा पनि गोपिकृष्णले नै लेखेका हुन् ।

टेलिश्रृंखला ‘बाटुली’मा कलाकार मौसमी मल्ल सासुको भूमिकामा देखिदैछिन् भने सीपी पौडेल ससुराको भूमिकामा देखिएका छन् ।

यस्तै, बाटुलीमा संगम भुसाल, खगराज सापकोटा, नारायण प्रभु, नवराज अधिकारी, राशी रिजाल, समिक्षा लामिछाने, बाल कलाकार खुशी अर्याल लगायतको अभिनय छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?