बालुवाटारमा प्रधानमन्त्री देउवासँग प्रचण्ड र नेपालको भेट

लोकपथ
403
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग सत्ता साझेदार दुई दलका नेताहरुले भेटघाट गरेका छन् ।

बिहीबार बिहान कांग्रेस सभापति समेत रहेका देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री एवं प्रस्तावित एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच सरकार गठनका विषयमा समेत छलफल भएको थियो ।

बालुवाटार स्रोतका अनुसार नेतात्रयबीच वर्तमान राजनीतिक घटनाक्रमका विषयमा छलफल भइरहेको बताइएको छ ।

बुधबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै नेपालले नयाँ दल दर्ता गरेका छन् । नेकपा एमाले समाजवादी पार्टीको नाम र खुला किताब चुनाव चिह्न प्रस्ताव गरिएको छ । चुनाव चिह्नमा विवाद भएका कारण बुधबार दर्ता प्रक्रिया रोकिएको थियो । भने आज दर्ता हुन सम्भावना रहेको बताइएको छ । नेता नेपालले नयाँ दल दर्ता गरेसँगै एमाले फुटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?