अस्ट्रेलियाद्वारा टी-ट्वान्टी विश्वकपका लागि बलियो टोलीको घोषणा

काठमाडौं। आगामी अक्टोबर १७ देखि नभेम्बर १४ सम्म युएई तथा ओमानमा आयोजना हुन लागेको टी-ट्वान्टी विश्वकप २०२१ को लागि अस्ट्रेलियाले आफ्नो टिमको घोषणा गरेको छ।

कप्तान आरोन फिन्च तथा उप-कप्तान प्याट कमिन्ससहित अस्ट्रेलियाले १५ सदस्सीय टोली सम्मिलित बलियो टिमको घोषणा गरेको छ। अस्ट्रेलियाको टिममा डेभिड वार्नर, स्टिभ स्मिथ र ग्लेन म्याक्सवेल जस्ता विस्फोटक ब्याट्सम्यान सम्मिलित छन्।

WI vs Aus Live 3rd T20: Australia is missing these 5 IPL stars very badly

त्यस्तै अलराउन्डरमा मिचेल मार्स, मार्कस स्टोइनस, एस्टन अगर र केन रिचार्डसन जस्ता खेलाडी सम्मिलित छन्। तिब्र गतिको बलिङमा अस्ट्रेलियाले उप-कप्तान प्याट कमिन्ससहित मिचेल स्टार्क र जोश हेजलवुडलाई भरोसा गरेको छ। स्पिनरमा एडम जाम्पा रहेका छन् भने विकेट किपिङको जिम्मेवारी म्याथ्यु वेड र जोश इंग्लिसले पाएका छन्।

इंग्लिस पहिलो पटक अस्ट्रेलियाको टोलीमा सम्मिलित भएका हुन्। वैकल्पिक खेलाडीमा अस्ट्रेलियाले भेट्रान अलराउन्डर ड्यान क्रिस्टियन, ड्यान स्याम्स र नेथन एलिसलाई सहभागी गरेको छ।

May be an image of text that says 'SQUAD T20 WORLD CUP 2021 T23 MEN'S WORLD CUP T20 2021 [C) AARON FINCH PAT CUMMINS [VC] ASHTON AGAR MITCHELL STARC JOSH HAZLEWOOD MARCUS STOINIS JOSH INGLIS MITCHELL SWEPSON MITCHELL MARSH MATTHEW WADE GLENN MAXWELL DAVID WARNER KANE RICHARDSON ADAM ZAMPA STEVE SMITH TRAVELLING RESERVES DANIEL SAMS DANIEL CHRISTIAN NATHAN ELLIS #MADEOFAUSTRALIA'

अस्ट्रेलियाले विकेट किपर एलेक्स केरी, भेट्रान अलराउन्डर मोइसेस हेनरिकेस, विकेट किपर ब्याट्सम्यान जोश फिलिप तथा मिडल अर्डरको ब्याट्सम्यान मार्नस लाबुशेनलाई भने टोलीमा राखेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?