काठमाडौं । नेकपा(एमाले)की नेतृ अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएकी छन् ।
बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले बुधवार नेतृ शाक्यलाई संविधानको धारा १६८(१) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले राजिनामा दिएसँगै शाक्यलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । उनलाई आजै संसदीय दलको नेता चयन गरिएको थियो ।
शाक्यले बुधवार प्रदेश प्रमुख प्रसाईँ समक्ष पद तथा गोपनीयताको शपथ समेत लिएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया