काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको शेखी झार्नु पर्छ भनेर माधव नेपालाई उक्साउने एमालेका केही नेताले अन्तिममा आएर उनको साथ छाडेका छन् ।
अध्यक्ष ओलीले पार्टीमा एकलौटी गरेको भनेर ओलीको प्रखर विरोधीका रुपमा रहेका भीम रावल,सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट,रघुजी पन्त,अष्टलक्ष्मी शाक्य,भीम आचार्य र घनश्याम भुसालले नेता नेपाललाई छोडेका छन् । यी नेताहरु ओलीको विपक्षमा लागेका मात्रै थिएनन् माधव नेपाललाई उक्साउने मध्येमा पनि रहेका एक एमाले नेताले लोकपथलाई बताए । उनीहरु ओलीका प्रखर आलोचक थिए । उनीहरु अब ओलीसँगै रहने बताइएको छ । उनीहरु नेपालपक्षबाट अलग्गिएका छन्।
नेपाललाई शुरुदेखि नै साथ दिएका रामकुमारी झाक्री, विरोध खतिवडा,मेटमणि चौधरी,मुकुन्द न्यौपाने, डा. विजय पौडेल,डा. बेदुराम भुसाल, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरुदेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, कृष्णलाल महर्जन, भवानी खापुङ लगायतका नेताहरुले भने अन्तिम सम्म साथ दिएका छन् । आज निर्वाचनमा आयोगमा नेकपा एमाले (समाजवादी) दर्ता गराउँदा यी नेताहरुले नेपाललाई साथ दिएका हुन् ।
नेपाल समूहमा रहेकी अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री र भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री पद पाउने भएपछि नेपाललाई छोडेर ओलितिर लागेका छन् । यी दुबैजना नेपाल तिरै बसेको भएपनि मुख्यमन्त्री बन्ने पक्का जस्तै रहेको नेपाल पक्षका एक नेताले बताए । केही बाहेक अरु सबैले नेता नेपाललाई छोडेनन् ।
त्यसैगरी एमालेका अर्का नेता योगेश भट्टराईले दलविभाजन सम्बन्धि अध्यादेशको विरोध गरेपनि उनी कता लाग्ने भन्ने खुलेका छैनन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश जारी गरेकी थिइन् । सरकारले अध्यादेश जारी गर्न मंगलबार राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया