काठमाडौँ । प्रस्तावित नेकपा एमाले (समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षा बढाइएको छ ।
नयाँ पार्टी दर्ताको लागि निवेदन दिएसँगै अध्यक्ष नेपालको सुरक्षा बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता बसन्तबहादुर कुँवरले अस्थायी रुपमा अध्यक्ष नेपालको सुरक्षा बढाइएको लोकपथलाई जानकारी दिए । उनका अनुसार सुरक्षा चुनौतीलाई मध्यनगर गर्दै महानगरीय प्रहरीको तर्फबाट एउटा गाडीसहित पाँच जना सुरक्षाकर्मी थपिएको हो ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेसँगै नेपालले नेकपा एमाले फुटाएर नेकपा एमाले (समाजवादी) गठन गरी निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका हुन् ।
यसअघि नेपाल प्रहरीका दुई र सशस्त्रको गाडीसहितको टोली नेपालको सुरक्षाका लागि खटाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया