नेपालमा कोरोना : थप ३ हजार ४०३ जनामा कोराना पुष्टि, कति निको भए ?

लोकपथ
299
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ८३८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार ४०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज देशभर एक हजार २ हजार १०४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। त्यसैगरी पछिल्लो २४ घण्टामा ४२ एक जना संक्रमितको मृत्यु भएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९९३ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा ७११, ललितपुरमा १६० र भक्तपुरमा १२२ जना संक्रमित भेटिएका छन् । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?