अध्यादेश आएकै दिन फुटे एमाले र जसपा

लोकपथ
195
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेर जारी गरेकै दिन आज नेकपा एमाले र जसपा फुटेका छन् ।

दुवै दलमा आन्तरिक कलह चुलिएपछि फुटेका हुन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी एक हुने छाटँकाँट नदेखिएपछि एमालेबाट छुट्टिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच पार्टी भित्रको विवाद नमिलेपछि छुट्टिने अवस्थामा नेपाल पुगेका हुन् । ओलीले पार्टीमा एकलौटी गरेपछि नेपाल पक्षले असन्तुष्टि जनाउँदै आएको थियो ।

त्यसैगरी जसपाबाट महन्थ ठाकुर पक्ष अलग्गिएको छ । ओली प्रधानमन्त्री रहँदा ओली सरकारलाई समर्थन गर्नेकि नगर्ने भन्ने जसपामा बिवाद थियो । अन्ततः त्यसले जसपा फुटेको छ । जसपा विबाद चर्किदै गएपछि पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको थियो । त्यसपछि ठाकुर पक्ष दलबिहिन बनेको थियो ।

यादव पक्ष ओलीले दुइ/दुइ पटक प्रतिनिधि सभा विघटन गरेकाले ओलीलाई समर्थन गर्न नहुने पक्षमा थियो भने ठाकुर पक्ष ओलीको पक्षमा लागेको थियो । नयाँ अध्यादेशले एमाले र जसपालाई फुटाएको हो । एमाले विभाजित भएर नेता नेपालको नेतृत्वमा नेकपा एमाले (समाजवादी) बनेको छ भने चुनाव चिह्न खुला किताब राखिएको छ । त्यसैगरी जसपा विभिाजित भएर ठाकुरको अध्यक्षतामा जसपा (लोकतान्त्रिक) पार्टी गठन गरिएको छ । चुनाव चिन्ह साइकल राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?