काठमाडौं । नयाँ दल दर्ताका लागि माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् ।
यसअघि नै नेताहरु राजेन्द्र पाण्डे, रामकुमारी झाँक्री र मेटमणी चौधरी लगायतका नेताहरु आयोग पुगेर दल दर्ताको निवेदन दिइसकेका छन् ।
बुधबार नेपाल पक्षले निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी) दल दर्ता गरेको हो। त्यसैगरी खुला किताब चुनाव चिह्न भएको उक्त दलको अध्यक्षमा नेपाल नै रहेका छन् ।
आजै निर्वाचन आयोग पुगेर नयाँ दर्ता गरिएको र अब प्रक्रिया अगाडी बढ्ने एक नेताले जानकारी दिए ।
मन्त्रिपरिषद्को सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश (दोस्रो संशोधन) जारी गरेकी छिन् । २० प्रतिशत केन्द्रीय सदस्य वा संसदीय दलको नेता पुर्याएमा नयाँ दल दर्ता गर्न पाउने प्रावधान अनुसार उक्त अध्यादेश आएसँगै नेपाल पक्षले नयाँ दल दर्ता गरेका हुन् । नेपाल पक्षको नयाँ दल नेकपा एमाले (समाजवादी) मा ९५ सदस्यीय केन्द्रीय कमिटी रहने बताइएको छ ।
पार्टीमा एकताको प्रयास भइरहेका बेला नेपाल पक्षले पार्टी अध्यक्ष समान हैसियत चाहिने भन्दै आलटाल गरिरहेको थियो । यसअघिको ४० प्रतिशत केन्द्रीय कमिटी आवश्यक नहुने भएसँगै नेपाल पक्षले नयाँ दल दर्ता गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया