राजनीतिक दलसम्बन्धी अध्यादेश : प्रदेश र स्थानीय तहका जनप्रतिनिधिबारे के छ व्यवस्था ?

लोकपथ
140
Shares

काठमाडौं । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी भएलगत्तै फुटेका दलहरुको प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्न पाउने भएका छन् ।

दल विभाजनलाई सजिलो बनाउने गरी सरकारले ल्याएको अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था उल्लेख छ ।

‘छुट्टै दल गठन भएमा त्यस्तो दल गठन हुनुभन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य वा स्थानीय तहका सदस्य त्यसरी नयाँ दल गठन भएको एक्काइस दिनभित्र त्यस्तो नयाँ दलमा प्रवेश गरेमा त्यस्ता सदस्यले दल त्याग गरेको मानिने छैन’ दल दर्ता अध्यादेशको दफा ३३ को उपदफा २ मा थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?