बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य, मुख्यमन्त्री बन्ने तयारी

लोकपथ
133
Shares

काठमाडौं ।  नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य बाग्मती प्रदेशको एमाले संसदीय दलको नेतामा चयन भएकी छन् ।

हेटौंडास्थित प्रदेशसभा सचिवालयमा बसेको एमाले प्रदेश संसदीय दलको बैठकले शाक्यलाई सर्वसमम्त रुपमा दलको नेतामा चयन गरेको एक सांसदले जानकारी दिए ।

नेतृ अष्टलक्ष्मी शाक्य संसदीय दलको नेतामा चयन भएपछि अब उनी मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

बागमती प्रदेशमा एमालेको स्पष्ट बहुमत रहेको छ । प्रदेशमा एमालेका ५६ जना सांसद छन् । १ सय १० सदस्यीय प्रदेशसभामा एक स्थान रिक्त रहेको छ । एमाले सांसद पशुपति चौलागाईंको निधन भएको कारण रिक्त रहेको छ । बहुमतका लागि ५५ सांसदको समर्थन आवश्यक पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?