माधव नेपालको नयाँ पार्टी : ९५ सदस्यीय केन्द्रीय कमिटी, खुला किताब चुनाव चिह्न

लोकपथ
4.1k
Shares

काठमाडौं । राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै एमाले वरिष्ठ नेता नेपाल पक्षले नयाँ दल दर्ताको तयारी गरेको छ ।

‘नेकपा एमाले समाजवादी’ पार्टीको नाम र खुला किताब चुनाव चिह्न राखिएको पार्टी निर्माणमा नेपाल पक्ष लागेका हुन् ।

आज अध्यादेश जारी भएसँगै काठमाडौंको अर्याल होटलमा बसेको बैठकले सोसम्बन्धी विषयमा छलफल गरिरहेको छ । भने प्रस्ताव गरिएको पार्टीका अध्यक्षमा माधवकुमार नेपालसहित ९५ जनाको केन्द्रीय कमिटी हुनेछ ।

बैठकमा सहभागी भएका एमाले नेता जगन्नाथ खतिवडाले इमान्दार, नैतिकवान र आदर्श कम्युनिष्ट संगठन बनाउने उदेश्यसहित दल दर्ता गर्न लागिएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?