काठमाडौं । ४ महिनादेखि खाली रहेको ‘मामी’को प्रमुखमा नायिका प्रियंका चोपडालाई नियुक्त गरिएको छ । अभिनेत्री दीपिका पादुकोणले ४ महिनाअघि मुम्बई एकेडमी अफ मुभिङ इमेज ‘मामी’को पदबाट राजीनामा दिएकी थिइन् । विवादमा फसेपछि दीपिकाले पदबाट राजीनामा दिएकोे बताइन्छ । 
मामीको प्रमुखमा नियुक्त भएपछि प्रियंकाले खुशी व्यक्त गरेकी छिन् । उनले भनेकी छिन्–‘मलाई लिडिङ फिल्म फेस्टिभलको प्रमुख पदको जिम्मेवारी सम्हाल्न पाएकोमा गर्वको महसुस भएको छ । म सधैँ नै यो कुरामा विश्वास गर्छु कि भारतीय चलचित्रसँग दुनियाँलाई देखाउनका लागि निकै कुराहरु छन् । यो एउटा मिसन हो, जसलाई म आफैले सेट गरेको थिएँ । यो मेरो दिलको नजिक छ ।’
हरेक वर्ष एक सातासम्म आयोजना हुने यो फेस्टिभल यसपटक भने अक्टुवरबाट सुरु गरेर सन् २०२२ को मार्चसम्म चल्नेछ ।

मामीमा नीता अम्बानी, अनुपमा चोपडा, फरहान अख्तर, इशा अम्बानी, कविर खान, किरण राव, राणा दग्गुबाती, रितेश देशमुख, रोहन सिप्पी, सिद्धार्थ रोय कपुर, विक्रमादित्य मोटवानी, विशाल भारद्धाज, जोया अख्तर, अजय बिजली, आनन्दी जी महिन्द्रा आबद्ध छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया