काठमाडौं । नेकपा एमालेका माधवकुमार नेपाल पक्षका १४ सांसदहरुले आफूहरुलाई गरिएको कारबाही अवैधानिक रहेको जनाएको छ ।
मंगलबार पार्टीले गरेको कारबाही अवैधानिक रहेको बताउँदै उक्त कारबाहीलाइ सदर नगर्न माग गर्दै नेपाल पक्षले संघीय ससंद सचिवालयलाई पत्र पठाएको छ ।
मंगलबार पार्टीको कारबाहीमा परेका १४ सांसदले हस्ताक्षरसहित सचिवायललाई पत्र पठाएको हो ।
मंगलबार बसेको एमाले संसदीय दलको बैठकल नेपालसहित १४ सांसदको पद खारेज गरेको थियो ।
नेपाल पक्षका १४ सांसदको पद खारेजीको माग गर्दै संसद सचिवालयमा एमालेले मंगलबार पत्र दर्ता गरेको थियो ।
माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ मेटमणि चौधरीको संसद पद खारेज गर्ने पत्र संसद सचिवालयमा दर्ता भएको थियो ।
तर आज पत्र पठाउँदै उनीहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूखुसी बैठक राखेको भन्दै उक्त निर्णयको कार्यान्वयन नगर्न माग समेत गरेका छन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया