ह्वाट्सएपद्वारा अफगानिस्तानमा ‘कम्प्लेन हेल्पलाइन’ बन्द

लोकपथ
65
Shares

काठमाडौं । बहुचर्चित सामाजिक सञ्जाल ह्वाट्सएपले अफगानिस्तानमा ‘कम्प्लेन हेल्पलाइन’ बन्द गरिदिएको छ ।

अफगानिस्तानको राजधानी काबुललाई तालिबान लडाकु समूहले नियन्त्रण लिएसँगै ह्वाट्सएपले त्यहाँको ‘कम्प्लेन हेल्पलाइन’ बन्द गरिदिएको हो ।

तालिबानसँग सम्बन्धित कन्टेन्ट तथा सर्भिस बन्द गर्ने दबाब आएसँगै ह्वाट्सएपले यस्तो निर्णय लिएको हो ।

त्यस्तै फेसबुकले तालिबानका आधिकारिक च्यानलसमेत बन्द गरिदिएको छ । साथै फेसबुक म्यासेन्जरमा रहेका तालिबानसँग सम्बन्धित म्यासेजिङ ग्रुप बन्द गर्नका लागि आन्तरिक रुपमा खोजी भइरहेको समेत जनाइएको छ ।

अमेरिकी कानूनले तालिबानलाई आतङ्ककारी समूह करार गरेको छ । त्यसैलाई आधार मान्दै फेसबुकले उक्त समूहलाई आफ्नो सेवा प्रयोग गर्न प्रतिबन्ध लगाएको हो । तालिबानले वर्षौंदेखि सामाजिक सञ्जालमार्फत आफ्ना सामग्री प्रवाह गर्दै आइरहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?