जसपा बैठक : मञ्चको साइडमा बाबुरामलाई छुट्टै कुर्सी किन ?

लोकपथ
63.8k
Shares

काठमाडौं । भदौ १ गते मंगलबारबाट जनता समाजवादी पार्टी (जसपा) नेपालको पहिलो केन्द्रीय समितिको बैठक जारी छ ।

उपेन्द्र–बाबुराम पक्षलाई निर्वाचन आयोगले दिएको मान्यतालाई सर्वोच्चले समेत सदर गरिदिएपछि जसपाले पहिलो केन्द्रीय समिति बैठक बोलाएको थियो ।

८० प्रतिशत केन्द्रीय सदस्यहरुको उपस्थिती रहेको दाबी गरिएको बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको भने आसन फरक राखिएको छ ।

झट्ट हेर्दा असहज लाग्ने उक्त दृष्यलाई मानिसहरुले विभिन्न कोणबाट मूल्यांकन गरिरहेका छन् ।
पार्टी अध्यक्ष उपेन्द्र यादवसहित अन्य शीर्ष नेताहरु मञ्चमा पलेटी मारेर बसेका छन् । तर डा. भट्टराई भने मञ्चको साइडमा छुट्टै कुसीमा बसेका छन् ।
केहि समय अघि भट्टराईको घुँडाको अप्रेसन गरेका कारण पलेटी मारेर बस्न असहज हुने भएकाले उनलाई छुट्टै कुर्सीमा राखिएको उनका स्वकिय सचिव रोशन पोखरेलले लोकपथलाई जानकारी दिए ।

‘केही समय अघि उहाँको घुँडाको अप्रेसन गरिएको कारण उहाँलाई पलेटी कसेर बस्न असहज भएका कारण कुर्सीमा राखिएको हो ।’ उनले भने ।

पार्टी संगठन सुदृढिकरण, जनजागरण तथा अभिमुखीकरण अभियानको शुभारम्भ नाम दिइएको उक्त बैठक आज सकिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?