सुनको मूल्य बढ्यो, चाँदी घट्यो

लोकपथ
84
Shares

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ ।

मंगलबारको तुलनामा आज बजारमा छापावाला सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो ।

मंगलबार प्रतितोला छापावाला सुनको ९१ हजार रुपैयाँ कायम भई कारोबार भएकोमा आज बुधबार ९१ हजार २ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी तेजावी सुनको मूल्य ९० हजार ७०० सय रुपैयाँ रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएकोमा आज १ हजार २ सय ५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?