अध्यादेश जारीको पर्खाइमा महन्थ पक्ष, नयाँ दल दर्ताको यस्तो छ तयारी

लोकपथ
195
Shares

काठमाडौं । सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपति कार्यालयले जारी गर्ने बित्तिकै महन्थ ठाकुरले जसपामा आफूतिर रहेका नेता तथा सांसदलाई समेटेर निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराउने तयारी गरेका छन् ।

महन्थ ठाकुर पक्षका एक नेताले भने, ‘सबै डकुमेन्ट तयारी अवस्थामा छ, अध्यादेश जारी हुनेबित्तिकै नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने छौं ।’

पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) लोकतान्त्रिक रहने छ भने एकल अध्यक्ष प्रणालीमा पार्टी दर्ता हुने ती नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?