मेलम्चीको बाढीले थप तीन घर बगायो

RSS
42
Shares
l;Gw’kfNrf]s,@ c;f/ M l;Gw’kfNrf]s lhNnfsf] d]nDrL gu/kflnsf j8f g+ !! d]nDrL ahf/df . d+unaf/b]lv OGb|fjtL gbLdf cfPsf] af9Lsf sf/0f a’waf/ 8’afg k/]sf] d]nDrL ahf/ . t:jL/ M rGb|snf If]qL,/f;;

मेलम्ची । अबिरल वर्षासँगै गएराति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको तीन घर बगाएको स्थानीयवासी भीमसेन थापाले जानकारी दिए।

उनले स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको बताए । थप घर र बाटोसमेत जोखिममा रहेको बताइएको छ । यी घर यसअघिको बाढीले जोखिममा रहेका र सामान तथा मानिस अन्यत्र सरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। गत साउन १६ पछिको बाढीले अहिलेसम्म १११ घरटहरा बगाइसकेको छ ।

गत असार १, साउन १६ पछिका निरन्तर बाढीले पाँच जनाको अकालमा मृत्यु भएको छ भने छ घाइते र २० बेपत्ता छन् । मेलम्ची नदी तटीय क्षेत्रका सयौँ घर, खेत, पुल तथा सडक जोखिममा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?