अफगानिस्तानको घटनाबारे बोले डोनाल्ड ट्रम्प

लोकपथ
406
Shares

काठमाडौं । अफगानिस्तानमा जानु अमेरिकी इतिहासको सबैभन्दा गलत निर्णय भएको अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् ।

‘अमेरिकी सेना संसारको सबैभन्दा शक्तिशाली सेना हो र जे भइरहेको छ त्यसका कारण हाम्रो बदनामी भइरहेको छ । मध्यपूर्वमा जाने निर्णय हाम्रो लागि अहिलेसम्मको सबैभन्दा खराब निर्णय थियो । यो निर्णयका कारण हाम्रो करोडौं डलर मात्रै नोक्सान भएन लाखौंको ज्यान पनि गयो ।’ फक्स न्यूजका संवाददाता सौं हेनिटीलाई दिएको अन्तरवार्तामा ट्रम्पले यस्तो प्रतिक्रिया दिएका छन् ।

उनले अन्तरवार्तामा भनेका छन्, ‘हामीले मध्यपूर्वलाई ध्वस्त पारेका छौं । आज हामी पुनः त्यही स्थानमा छौं जहाँ २०–२१ वर्ष अघि थियौं । हामीले यत्तिका वर्षसम्म जे जति निर्णय गर्यौं ती सबै बेकार भए । यस्तो लाग्छ कि हामीले बालुवाको दलदलमा खुट्टा राख्यौं र त्यहाँ फस्यौं ।’

अफगानिस्तानमा भएको विपद्को बारेमा बोल्दै ट्रम्पले भने, ‘जब चीनले यो देख्छन्, उनीहरु धेरै खुसी हुन्छन् र उनीहरु हामीप्रति हास्छन् । यो हाम्रो देशको इतिहासमा सबैभन्दा ठूलो लाजमर्दो क्षण हो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?