कांग्रेसको अर्को तनाव सुरु भयो

काठमाडौँ, २३ असोज- राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमले प्रदेश २ मा दुई तिहाइ संसद् सिट पाउनुपर्ने माग गरेपछि आफ्नो नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाउन अग्रसर कांग्रेस झस्किएको छ ।कांग्रेससहितको ६ दलीय गठबन्धन कार्यदलको आइतबार बसेको बैठकमा राजपा र फोरमले संयुक्त रूपमा सातै प्रदेशमा प्रतिनिधिसभाको ५५ सिट आफूहरूले पाउनुपर्ने माग गरेका हुन् ।उनीहरूले सबैभन्दा बढी प्रदेश २ को ३२ निर्वाचन क्षेत्रमा २४ सिट पाउनुपर्ने माग गरेका छन् । प्रदेशसभाका लागि त्यसै अनुपातमा ४८ सिट मागिएको स्रोतले जनायो । कांग्रेसले पनि यस क्षेत्रमा ५० प्रतिशत सिट माग गर्दै आएको छ, कान्तिपुरमा खबर छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?