काठमाडौं । ‘नेपाल आइडल सिजन–४’ को डिजिटल अडिसन सुरु भएको छ ।
भदौ १ मंगलबारबाट सुरु भएको डिजिटल अडिसन भदौ ३१ सम्म अडिसन दिन सकिने बताइएको छ ।
अडिसन दिन मोबाइल फोनको ‘प्ले स्टोर’मा गएर एपिवानको एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरेर मागिएको विवरण भर्नुपर्नेछ । र, आफ्नो स्वरमा दुईवटा फरक विधाका गीत रेकर्ड गरेर अपलोड गर्नुपर्ने निर्माण पक्षले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया