अध्यादेशबारे गगन थापाको प्रतिक्रिया : ‘हिजो पनि गलत, आज पनि गलत…माफी माग्नुपर्छ’

लोकपथ
1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको नियत गलत भएको बताएका छन् ।

यसअघि ओली नेतृत्वको सरकारले ल्याएको र अहिले देउवा सरकारले ल्याएको अध्यादेश गलत रहेको बताए ।

सामाजिक सञ्जालमा लेख्दै पूर्व मन्त्री समेत रहेका थापाले यसअघि ओली सरकारले ल्याएको अध्यादेशको विरुद्धमा उभिनेहरुले आज त्यसको पक्षमा उभिने हक नभएको समेत प्रष्ट पारेका छन् ।

‘संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत १ हिजो गलत,आज गलत,सधैं गलत,जसले गरेपनि गलत️ हिजो ओलीले ल्याउँदा गलत भन्ने,त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैनरहुँदैन।समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ। ’ नेता थापाले भनेका छन् ।त्यसैगरी यसअघि ओली सरकारले ल्याएको अध्यादेशमा समर्थन गर्ने र सदर गर्ने राष्ट्रपतिले समेत आजको अध्यादेशको विरोध गर्ने अधिकारी नभएको बताए ।

यदि पहिलेको अध्यादेशलाई समर्थन गर्नेले वर्तमान अध्यादेशलाई विरोध गर्ने भए सार्वजनिक रुपमा माफी माग्नु पर्नेमा समेत नेता थापाको भनाइ रहेको छ ।

‘संगैमा,गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार,समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैनरहुँदैन।विरोध गर्ने भए त्यतिवेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ।’ उनले भनेका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल विभाजनको लागि सहज हुनेगरी अध्यादेश ल्याएको छ । यसअघि राजनीतिक दल विभाजनका लागि भएको ४० प्रतिशतको २०७३ को विधानलाई संशोधन गर्दै २० प्रतिशत केन्द्रीय कमिटी वा संसदीय दलको आधारमा नयाँ दल गठन गर्न मिल्नेगरी अध्यादेश ल्याएको छ । जसको विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?