धादिङ । पृथ्वी राजमार्ग अन्र्तगत नौबिसे – नागढुङ्गा सडकखण्डको सिस्नेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।
सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोला प्रहरी प्रमुख रुपा थापाले जानकारी दिईन् ।
लगातार पानी परिरहेका कारण पहिरो हटाउन केही समय लाग्ने र पहिरोमा फसेको ना २ ख ८३५३ नम्बरको ट्रकलाई निकालिएको उनले बताईन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया