काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्षीय युवा संघले सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशका विरुद्धमा प्रदर्शन गरेको छ ।
मंगलवार काठमाडौंको बानेश्वर चोकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर संगठन राष्ट्रिय युवा संघ नेपालले सरकारले ल्याएको पार्टी विभाजनसम्बन्धी अध्यादेशको बिरोध प्रदर्शन गरेको हो ।
युवा संघ नेपालले नेकपा एमाले जिन्दावाद, मापसे सरकार मुर्दावाद, दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर जस्ता नारा लगाएर बिरोध प्रदर्शन गरेका हुन् । युवा संघले प्रदर्शनको क्रममा प्रहरीमाथि ढुङ्गामुढा समेत गरेको थियो ।
सरकारले मंगलवार बसेको मन्त्रिपरिषद् बैठकबाट केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याए दल विभाजन गर्न सक्ने गरी राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया