अफगानिस्तानबाट फर्केका नेपालीहरुको अर्को टोली मंगलवार राति काठमाडौं आइपुग्ने

लोकपथ
98
Shares

काठमाडौं । द्धन्दग्रस्त मुलुक अफगानिस्तानबाट स्वदेश फर्किएका नेपालीहरुको एक टोली मंगलवार राति काठमाडौं आइपुग्ने भएको छ ।

मंगलवार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी अफगानिस्तानबाट कुवेत आइपुगेका नेपाली नागरिक आज राती अर्को चार्टड विमानबाट काठमाडौं आइपुग्ने जनाएको हो । मन्त्रालयले आजै मात्र ११८ जना नेपाली नागरिक काठमाडौं आइपुगेको र उनीहरुलाई सिसिएमसीको समन्वयमा सामाखुसीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिड सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड १९ को परिक्षण लगायतका प्रक्रिया पुरा गरी आवश्यक व्यवस्थापन गरीएको बताएको छ ।

अफगानिस्तानबाट सो समुहमै आएका ९ भारतीय नागरिकलाई कोभिड १९ परिक्षण गरी भारतीय दुतावासका पदाधिकारीलाई जिम्मा लगाइएको पनि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कन्सुलर सेवा विभागको वेव पोर्टलमा साँझ ५ बजेसम्म २५६ जना नेपालीले आफ्नो विवरण दर्ता गरेको पनि बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?